हिमाली हाईड्रोले आइपीओ प्रस्ताव सहित साधारण सभा आह्वान « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

हिमाली हाईड्रोले आइपीओ प्रस्ताव सहित साधारण सभा आह्वान



काठमाडौं । हिमाली हाईड्रो फण्ड लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले चौथो सभा आह्वान गरेको हो । कम्पनीले सभा फागुन २४ गते बिहान १० बजेट देखि काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा गर्ने भएको छ ।
सभाले मूख्य प्रस्ताव सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) बिक्री गर्ने रहेको छ ।

कम्पनीको जारी पूँजीको २० प्रतिशत आइपीओ निष्काशन गर्ने, आईपीओसँग सम्बन्धित कार्य अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र आईपीओबाट प्राप्त रकमको उपयोगको बारेमा निर्णय गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने र गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु सार्वजनिक गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्