प्रि–ओपन सेसनमै करिब ३६ अंकले बढ्यो नेप्से  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रि–ओपन सेसनमै करिब ३६ अंकले बढ्यो नेप्से 



काठमाडौं । आज मंगलबार प्रि–ओपन सेसनमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब ३६ अंकले बढेको छ । सो सेसनमा नेप्से परिसूचक १.२४ प्रतिशतले बढेर २९११.३६ विन्दुमा पुगेको । 

प्रतिनिधि सभाको फागुन २१ गते भएको निर्वाचनमा रास्वपाले दुई तिहाइको सरकार बनाउने भएपछि शेयर बजारमा अहिले ‘बालेन बुल’ आएको चर्चा भइरहेको छ ।

रास्वपाले सभापतिको रूपमा बालेनलाई अगाडि सारेकाले गर्दा अहिलेको शेयर बजारको बढाइँलाई बालेन बुल भनेर शेयर लगानीकर्ताले भन्दै आएका छन् । 


प्रतिक्रिया दिनुहोस्