५ अंकले बढ्यो नेप्से, १५ अर्ब ७८ करोड बढीको कारोबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

५ अंकले बढ्यो नेप्से, १५ अर्ब ७८ करोड बढीको कारोबार



काठमाडौं । सोमबार अन्तिम समयमा आएर शेयर बजार बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०१ अंकले बढेको हो । आज नेप्से ०.१७ प्रतिशतले बढेर २९३६.५६ विन्दुमा पुगेको छ । 

नेप्से बढ्दा १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार रुपैयाँ बराबरको ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा १०२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छ । 

दिनभरमा ३४२ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ५६ हजार ३८१ कित्ता शेयर कारोबार भएको छ । 


प्रतिक्रिया दिनुहोस्