१९.७० अंकले बढ्याे नेप्से, ११ अर्बकाे काराेबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

१९.७० अंकले बढ्याे नेप्से, ११ अर्बकाे काराेबार



काठमाडौं । लगातार दुई दिन उच्च अंकले घटेको सेयर बजार आज दोहोरो अंकले बढेको छ। आज नेपाल स्टक एक्सचेञ्ज नेप्से १९.७० अंकले बढेर २८ सय ५१ दशमलव ०९ बिन्दुमा रोकिएको छ।

आज म्युच्युअल फण्ड र अन्य समुहका उपसूचक बाहेक सबै उपसूचकहरू बढेका छन्। यसदिन उत्पादन तथा प्रशाेधन सर्वाधिक १.९४, फाइनान्स १.१२ र हाेटल तथा पर्यटन १ प्रतिशत बढेकाे छ।

नेप्से परिसूचक ०.६९ प्रतिशतले घटेपनि यसदिन कारोबार रकम भने घटेको छ। आज ३३९ कम्पनीको २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता सेयर ११ अर्ब ११ करोढ २४ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ।

हिजो ३४१ कम्पनीको ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता सेयर खरिदबिक्रि हुँदा १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

१९५ कम्पनिकाे सेयर मूल्य बढेकाेमा यस दिन रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेस्ट इनको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सुर्यकुण्ड हाइड्राे इलेक्ट्रिककाे सेयर मूल्य ९.९७ प्रतिशतले बढेकाे छ। यता सप्तकाेशी डेभलपमेन्टकाे सेयर मूल्य सर्वाधिक ८.९६ प्रतिशत घटेकाे छ।


प्रतिक्रिया दिनुहोस्