नेप्से २७७० को बिन्दुमा ओर्लियो: होटल र उत्पादनमूलक समूहमा सबैभन्दा धेरै गिरावट
काठमाडाैं । साताकाे दाेस्राे काराेबार दिन मंगलबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ। हिजाे ७.७३ अंकले बढेकाे सेयर बजार मापक नेप्से आज २६.१६ अंकले घटेर २७ सय ७० दशमलव २६ बिन्दुमा झरेकाे छ।
नेप्से परिसूचक घटे पनि यसदिन नेप्से परिसूचकमा भने सुधार देखिएकाे छ। आज ३४९ कम्पनीकाे १ कराेड ४० लाख १८ हजार ९२० ६ अर्ब ५३ कराेड १७ लाख २३ हजार रूपैयाँकाे काराेबार भएकाे छ।
हिजाे ३५१ वटा कम्पनीका १ करोड ९ लाख कित्ता शेयर ४ अर्ब ७४ करोड रुपैयाँमा किनबेच भएको थियाे ।
यसदिन अन्य बाहेक सबै समुहकाे सेयर घटेका छन् । आज हाेटल तथा पर्यटन २.५६, उत्पादन तथा प्रशाेधन २.४६, हाइड्राेपावर १.७४ र विकास बैंक समुह १.२२ प्रतिशत घटेका छन् ।
आज ४२ वटा कम्पनीको शेयर बढेकोमा २१३ वटाको घटेको छ । यस्तै १४ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
यसदिन कर्पाेरेट डेभलपमेन्टकाे सेयर मूल्यमा नेगेटिभ सर्किट लागेकाे छ भने रिज लाइन इनर्जीकाे सेयर मूल्य १०.२७ प्रतिशत घटेकाे छ।













