आज शेयर बजार बढ्यो, कारोबार ३ अर्बमा सीमित
काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । तर कारोबार भने घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.७८ अंकले बढेर बन्द भएको छ ।
आज नेप्से ०.३२ प्रतिशतले बढेर २७१२.८६ विन्दुमा पुगेको छ । आज नेप्से बढ्दा कारोबार रकममा भने मन्दी छाएको छ ।
आज दिनभरमा ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार रुपैयाँ बराबरको ७७ लाख ३४ हजार १२ कित्ता शेयर मात्र कारोबार भएको छ ।
बजार बन्द हुँदा भने १६२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९० वटा कम्पनीको शेयर मूल्य घटेको छ । १६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
















