बजेट आएको तेस्रो दिन झिनो अंकले बढेर नेप्से, कारोबार ४७ करोड बढ्यो  « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बजेट आएको तेस्रो दिन झिनो अंकले बढेर नेप्से, कारोबार ४७ करोड बढ्यो 



काठमाडौं । बजेट आएपछि खुलेको दोस्रो दिनको शेयर बजार घटेर बन्द भएको थियो । तर दोस्रो बजार भने २२ अंकले बढेपनि कारोबार रकम भने घटेको थियो । 

आज बुधवार भएको तेस्रो कारोबारको दिन भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से मात्र होइन कारोबार रकम पनि ४७ करोड रुपैयाँले बढेको छ । 

बजार बन्द हुँदा भने २.६६ अंकले बन्द भएर परिसूचक २७८०.२५ विन्दुमा पुगेको छ । नेप्से आज बढ्दा ५ अर्ब ७३ करोड ८१ लाख ७८ हजार रुपैयाँ बराबरको १ करोड ३५ लाख २१ हजार ६१९ कित्ता शेयर कारोबार भएको छ । 

आज १४९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरमा ३४७ वटा कम्पनी कारोबारमा आउँदा ६२ हजार १४८ पटक शेयर किनबेच भएको छ । 


प्रतिक्रिया दिनुहोस्