फेरी घट्यो शेयर बजार, ४ अर्ब ६९ करोडको कारोबार सहित नेप्से १३ अंकले घट्यो  « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

फेरी घट्यो शेयर बजार, ४ अर्ब ६९ करोडको कारोबार सहित नेप्से १३ अंकले घट्यो 



काठमाडौं । आज फेरी शेयर बजार घटेको छ । आज शेयर बजारसँगै कारोबार रकम पनि घटेको छ । हिजो झिनो अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बिहीबार भने १३.४६ अंकले घटेको छ । 

बुधवार मंगलबारको तुलनामा ४७ करोडले बढेको कारोबार आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज बजार बन्द हुँदा भने ४ अर्ब ६९ करोड २० लाख ९० हजार रुपैयाँको मात्र कारोबार भएको छ । 

आज नेप्से ०.४८ प्रतिशतले घटेर २७६६.७८ विन्दुमा पुग्दा १ करोड ५ लाख ९८ हजार १६४ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा ५७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज ३५३ वटा कम्पनी कारोबारमा आउँदा ५१ हजार ४६९ पटक शेयर किनबेच भएको छ । 

१३ वटा समूहमध्ये म्युचुअल फण्ड समूह बाहेक सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी ट्रेडिङ समूह १.७१ प्रतिशतले घटेको छ । 


प्रतिक्रिया दिनुहोस्