सीजी मोटोकर्पद्वारा ‘सुजुकी समर सर्भिस क्याम्प’ घोषणा, देशभर निःशुल्क जाँच र छुट सुविधा
काठमाडौँ । सिजी मोटोकर्प प्रालिले नेपालमा सुजुकीका सवारी साधनका लागि ‘सुजुकी समर सर्भिस क्याम्प’ सुरु गर्ने भएको छ । कम्पनीले राष्ट्रव्यापी रूपमा सञ्चालन हुने यो सेवा अभियानको घोषणा गर्दै ग्राहकलाई विशेष छुट, निःशुल्क सवारी जाँच तथा अन्य आकर्षक सुविधाहरू प्रदान गर्ने जनाएको छ।
जुन ७ देखि ९ सम्म देशभरका सबै अधिकृत सुजुकी सर्भिस सेन्टरहरूमा सञ्चालन हुने यो क्याम्पको उद्देश्य मनसुनपूर्व र गर्मी मौसममा सवारी साधनको सुरक्षा र कार्यक्षमता सुनिश्चित गर्नु रहेको कम्पनीले जनाएको छ।
गर्मी र वर्षायाम सुरु भएसँगै सडक फिसलो हुने, भारी वर्षा तथा विभिन्न जोखिम बढ्ने भएकाले सवारी साधनको नियमित जाँच अत्यावश्यक हुने सन्दर्भमा यो अभियान ल्याइएको हो। क्याम्प अवधिभर सवारी मर्मत–सम्भार, निःशुल्क जाँच तथा विभिन्न सेवामा विशेष छुट उपलब्ध गराइनेछ।
यसका साथै सहभागी ग्राहकहरूमध्ये एकजनाले नगरकोटस्थित भंगेरी दरबार रिसोर्टमा लक्जरी स्टेकेसन जित्ने अवसर पनि प्राप्त गर्नेछन्। यो कार्यक्रमले सुजुकी सवारीधनीहरूलाई सुरक्षित, भरपर्दो र सहज यात्रा अनुभव दिलाउने अपेक्षा गरिएको छ।
यस अभियान अन्तर्गत ग्राहकहरूले विभिन्न सेवा तथा पार्ट्समा विशेष सुविधा प्राप्त गर्नेछन्। स्पेयर पार्ट्समा १० प्रतिशत छुट, लुब्रिकेन्ट्समा १० प्रतिशत छुट तथा लेबर चार्जमा २० प्रतिशत छुट प्रदान गरिनेछ।
त्यसैगरी, सवारी साधनको सुरक्षा र अवस्था परीक्षणका लागि सुजुकी डाइग्नोष्टिक टुल्स चेकअप, जनरल भेहिकल इन्स्पेक्सन, हिटर तथा एयर कन्डिसनिङ चेकअप र ब्याट्री हेल्थ चेकअप पूर्ण रूपमा निःशुल्क गरिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार गर्मी र वर्षायाम सुरु भएसँगै सडक अवस्था जोखिमपूर्ण हुने भएकाले सवारी साधनको नियमित मर्मत र जाँच अत्यावश्यक हुन्छ। सोही कारण ग्राहकलाई सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न यो अभियान सञ्चालन गरिएको हो।
यस क्याम्पमार्फत सुजुकी सवारीधनीहरूले आकर्षक छुटका साथै निःशुल्क सेवा सुविधा प्राप्त गर्ने अवसर पाउनेछन्।


















