सेयर बजारमा फेरि गिरावट: नेप्से ८.१४ अंकले घट्दा कारोबार रकम पनि खुम्चियो
काठमाडाैं । बिहिबार सेयर बजारमा पुनः गिरावट देखिएकाे छ। लगातार ४ कारोबार दिन घटेर हिजाे सामान्य बढेकाे सेयर बजार मापक नेप्से आज फेरि घटेकाे हाे ।
यसदिन ८.१४ अंकले घटेर नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७ सय २८ दशमलव ०३ बिन्दुमा झरेकाे छ।
नेप्से परिसूचकसँगै यसदिन काराेबार पनि घटेकाे छ। आज ३५० कम्पनीकाे ९२ लाख ३१ हजार २१६ कित्ता सेयर ३ अर्ब ९० कराेड ६२ लाख ४४ हजार रूपैयाँमा खरिदबिक्रि भएकाे छ।
हिजाे ३५६ वटा कम्पनीका ९२ लाख ८३ हजार कित्ता शेयर ४ अर्ब २९ करोड रुपैयाँमा किनबेच भएको थियाे ।
आज हाेटल तथा पर्यटन र उत्पादन तथा प्रशाेधन समुहकाे उपसूचक मात्र बढेकाे छ भने बाँकी सबै उपसूचक घटेका छन् । यसदिन फाइनान्स १.४५ र व्यापार समुहकाे उपसूचक १.२३ प्रतिशत घटेकाे छ।
आजाे काराेबारमा १७८ कम्पनीकाे सेयर मूल्य घटेकाे छ भने ८२ कम्पनीकाे सेयर मूल्य बढेकाे छ। यस्तै ११ वटा कम्पनीकाे स्थिर देखिएकाे छ।
समग्र बजार घटेकाे दिन साेपान फार्मास्विटिकल्सकाे सेयर मूल्य १५ प्रतिशत र एपाेलाे हाइड्राेपावरकाे सेयर मूल्य १४.९७ प्रतिशतले बढेकाे छ। यता सप्तकाेशी डेभलपमेन्ट बैंककाे सेयरमूल्य १३.५१ प्रतिशत घटेकाे छ।














