इप्पान निर्वाचन: ५ सचिव र उपमहासचिव सर्वसम्मत, अन्य पदमा ३३ जना चुनावी मैदानमा
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा सचिव पदमा ५ जना उम्मेदवारहरू सर्वसम्मत रूपमा चयन भएका छन्।
सर्वसम्मत रूपमा निर्वाचित हुने सचिवहरूमा युनीयन हाइड्रोपावर लि. का अभिज्ञा मल्ल, निलगिरी खोला हाईड्रोपावर कम्पनीकी ईशा श्रेष्ठ, रिडी पावर कम्पनीका कुवेर मणि नेपाल, मल्टी इनर्जी डेभलपमेन्ट प्रालिका विजय मोहन भट्टराई र धौलाश्री पावर कम्पनीका सुमन कुमारी जोशी रहेका छन्।
यसअघि महिलातर्फको उपमहासचिव पदमा कविता पोखरेल निर्विरोध निर्वाचित भइसकेकी छन्।
जेठ २९ गते (भोलि) हुने संस्थाको २४औँ साधारण सभा र निर्वाचनलाई लक्षित गर्दै अहिले चुनावी मैदानमा दुई सशक्त प्यानल देखा परेका छन्। कुल ३३ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् ।














