सुस्तायो सेयर बजार: नेप्से २७२४ बिन्दुमा ओर्लिँदा १६७ कम्पनीका लगानीकर्ताले गुमाए « Arthapath.com
२९ जेष्ठ २०८३, शुक्रबार

सुस्तायो सेयर बजार: नेप्से २७२४ बिन्दुमा ओर्लिँदा १६७ कम्पनीका लगानीकर्ताले गुमाए



काठमाडाैं । साताकाे अन्तिम काराेबार दिन शुक्रबार पनि सेयर बजारमा गिरावट आएको छ।

हिजाे ८.१४ अंकले घटेकाे सेयर बजार मापक नेप्से परिसूचक आज ४ अंकले घटेर २७ सय २४ दशमलव ०३ बिन्दुमा राेकिएकाे छ।

आज म्युच्युअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार समुहका उपसूचक बढेका छन् भने बाँकी सबै उपसूचक घटेका छन् ।

हिजाे ३५० कम्पनीकाे ९२ लाख ३१ हजार २१६ कित्ता सेयर ३ अर्ब ९० कराेड ६२ लाख ४४ हजार रूपैयाँमा खरिदबिक्रि भएकाे थियाे।

नेप्से परिसूचक घटे पनि यसदिन काराेबार भने बढेकाे छ। आज ३४२ कम्पनीकाे ९८ लाख ५६ हजार ५२५ कित्ता सेयर ४ अर्ब ३४ कराेड १० लाख ९४ हजार रूपैयाँमा काराेबार भएकाे छ।

आज ९२ वटा कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १६७ कम्पनीकाे सेयर मूल्य घटेकाे छ। यस्तै १२ कम्पनीकाे सेयर स्थिर देखिएकाे छ।

समग्र बजार घटेकाे दिन फर्मास्विटिकल्स र एपोलो हाइड्रोपावरकाे सेयर मूल्यमा सकारातम सर्किट लागेकाे छ भने ग्रिन डेभलपमेन्ट बैंककाे सेयर मूल्य १३.३१ प्रतिशत बढेकाे छ। यता कालिन्चाेक हाइड्राेपावर १०.६६ प्रतिशत घटेकाे छ।


प्रतिक्रिया दिनुहोस्