एसबीआई बैंकको ब्याजदर घट्यो, कुन कर्जाको कति ? « Arthapath.com
३१ जेष्ठ २०८३, आइतबार

एसबीआई बैंकको ब्याजदर घट्यो, कुन कर्जाको कति ?



काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आगामी आषाढ देखि लागू हुने गरी निक्षेप र कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकको ब्यत्तिगत व्याजरमा ४.२५ प्रतिशतबाट घटेर ४.१० प्रतिशतमा ब्याजदर झरेको छ ।

बैंकद्वारा प्रकाशित विवरण अनुसार बैशाख २०८३ को आधार दर ५.२५ प्रतिशत रहेको छ । जसका आधारमा विभिन्न कर्जाको ब्याजदर तय गरिएको छ

बैंकले घर कर्जामा ५ वर्षसम्मको अवधिका लागि ८.९९ प्रतिशत, ५ देखि १० वर्षका लागि ९.४९ प्रतिशत र १० वर्षभन्दा बढी अवधिका लागि १०.४९ प्रतिशत स्थिर ब्याजदर तोकेको छ । त्यस्तै, व्यक्तिगत अटो कर्जामा ८.९९ देखि ९.४९ प्रतिशतसम्म स्थिर ब्याजदर कायम गरिएको छ ।

शिक्षा कर्जा लिनेहरूका लागि अवधि अनुसार स्थिर ब्याजदर ९.९९ देखि १०.९९ प्रतिशतसम्म रहेको छ । यदि ग्राहकले फ्लोटिंग ब्याजदर रोजेमा शिक्षा कर्जामा आधार दरमा २ देखि ४ प्रतिशतसम्म र घर कर्जामा आधार दरमा ०.५० देखि २.५० प्रतिशतसम्म प्रिमियम थप हुने बैंकले जनाएको छ । व्यक्तिगत धितो कर्जामा स्थिर ब्याजदर ९.९९ देखि ११.९९ प्रतिशतसम्म तोकिएको छ ।

निक्षेपतर्फ साधारण बचत खातामा न्यूनतम् २.७५ देखि २.८० प्रतिशतसम्म ब्याज पाइनेछ । मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ३ वर्ष वा सोभन्दा माथिको अवधिमा ४.१० प्रतिशत सम्म ब्याजदर कायम गरिएको छ । बैंकको यो नयाँ ब्याजदरले ऋण लिन चाहने ग्राहकहरूलाई थप राहत पुग्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्