दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार मात्र ४ अर्ब ४१ करोड
काठमाडौं । यो साताको पहिलो शेयर बजार घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेर बन्द भएको हो ।
आज नेप्से १२.२६ अंकले घटेको छ । आज नेप्से ०.४५ प्रतिशतले घट्दा परिसूचक २७११.७६ विन्दुमा पुगेको छ ।
आज जम्मा ४ अर्ब ४१ करोड २० लाख ४८ हजार रुपैयाँको मात्र कारोबार भएको छ । आज दिनभरमा १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता शेयर कारोबार भएको छ ।
बजार बन्द हुँदा ७३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १२ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज दिनभरमा ३५० वटा कम्पनी कारोबारमा आउँदा ५१ हजार ७०२ पटक शेयर किनबेच भएको छ ।
समूहगत रूपमा हेर्दा आज उत्पादन तथा प्रशोधन बाहेक अन्य सबै समूह घटेको छ ।












