झिनो अंकले घट्यो शेयर बजार, कारोबार कति ?
काठमाडौं । असार महिनाको दोस्रो साताको शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.४५ अंकले घटेर २७००.६५ विन्दुमा आएको छ ।
आज नेप्से झिनो अंकले घट्दा ४ अर्ब ४४ करोड ५६ लाख २० हजार रुपैयाँ बराबरको ८१ लाख ३८ हजार ४३३ कित्ता शेयर कारोबार भएको छ ।
बजार बन्द हुँदा ११६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज दिनभरमा ३५३ वटा कम्पनीको शेयर ९० हजार ८६२ पटक किनबेच भएको छ ।












