बीवाईडीका दुई चर्चित मोडलको मूल्य बढ्याे, अब कुन गाडीकाे मूल्य कति ? « Arthapath.com
८ असार २०८३, सोमबार

बीवाईडीका दुई चर्चित मोडलको मूल्य बढ्याे, अब कुन गाडीकाे मूल्य कति ?



काडमाडाैं । नेपालमा बीवाईडीका दुईवटा गाडीको मूल्य बढेकाे छ। नेपालका लागि बीवाईडी गाडीको आधिकारीक वितरक साइमेक्स इंकले बीवाईडी ‘एटो-टु’ र ‘एटो-थ्री’को मूल्य बढाएकाे हाे ।

नयाँ मूल्यअनुसार ‘एटो टु’ को मूल्य ३ लाख ४ हजार रुपैयाँले बढेर ४८ लाख ९९ हजार रुपैयाँ पुगेको छ । यसअघि यो गाडी ४५ लाख ९५ हजार रुपैयाँमा बिक्री हुँदै आएको थियो ।

यसैगरी, ‘एटो थ्री’ (एड्भान्स्ड भेरियन्ट) को मूल्य दुई लाख रुपैयाँले वृद्धि गरिएको छ । यसअघि ५९ लाख ९९ हजार रुपैयाँमा पाइने यो गाडी अब ६१ लाख ९९ हजार रुपैयाँमा पुगेकाे छ ।

सरकारले नयाँ बजेटमार्फत व्यवस्था गरेको भन्सार महसुल र हरित पूर्वाधार शुल्कका कारण मूल्य समायोजन गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्