शिवपुरीको जंगलमा साहसिक ट्रेल राइडसँगै ट्रायम्फ मोटरसाइकल्स नेपालको ‘एपेक्स राइड’ सम्पन्न « Arthapath.com
८ असार २०८३, सोमबार

शिवपुरीको जंगलमा साहसिक ट्रेल राइडसँगै ट्रायम्फ मोटरसाइकल्स नेपालको ‘एपेक्स राइड’ सम्पन्न



काठमाडौं। ट्रायम्फ मोटरसाइकल्स नेपालले असार ७ गते ‘एपेक्स राइड : ट्रेल्स अफ शिवपुरी’ सफलतापूर्वक सम्पन्न गरेको छ। शिवपुरी राष्ट्रिय निकुञ्जका रमणीय ट्रेलहरू हुँदै आयोजना गरिएको यस विशेष एकदिने राइडमा ट्रायम्फ मोटरसाइकल राइडरहरू सहभागी भएका थिए।

विश्व मोटरसाइकल दिवसको अवसरमा राइडिङको उत्साहलाई उत्सवका रूपमा मनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले राइडरहरूलाई सहरको व्यस्तताबाट केही समय टाढा रहने अवसर प्रदान गर्‍यो। सुन्दर सडक, रोमाञ्चक ट्रेल खण्डहरू, राइडरहरूबीचको आत्मीयता तथा नेपालमा विस्तारिँदै गएको ट्रायम्फ राइडर समुदायको साझा उत्सवले यस राइडलाई विशेष बनाएको थियो।

यो राइड बुद्धनीलकण्ठ, डाँडागाउँ, सांग्ला, लिखु खोला र समुद्रदेवी हुँदै अगाडि बढेको थियो। सहभागीहरूले रमणीय सडकहरू, शीतल ट्रेलहरू, नदीकिनारका मार्गहरू र आउटडोर राइडिङ अनुभवहरूको अविस्मरणीय मिश्रण अनुभव गरेका थिए।

राइडपछि सहभागीहरू नक्सालस्थित बाइकर्स क्याफेमा ट्रायम्फ नेपालद्वारा आयोजित विशेष साँझ कार्यक्रममा एकत्रित भएका थिए। उक्त साँझको प्रमुख आकर्षण वैशाख १२ देखि १८ २०८३ सम्म सम्पन्न भएको ट्रायम्फ नेपाल इपिक राइड-मनाङ एडीशनको भिडियो प्रिमियर थियो, जसले राइडरहरूलाई ट्रायम्फ नेपालको सबैभन्दा अविस्मरणीय साहसिक यात्रामध्ये एकलाई पुनः स्मरण गर्ने अवसर प्रदान गरेको थियो।

साँझको कार्यक्रम स्वादिष्ट भोजन, आत्मीय कुराकानी र ट्रायम्फ राइडर समुदायबीच अनुभव र यात्राका कथाहरू बाँड्दै निरन्तर अघि बढ्यो। यसले यो कार्यक्रमलाई केवल राइड मात्र नभई, आपसी सम्बन्ध, साहसिक अनुभवका रूपमा अझ अर्थपूर्ण बनाएको थियो।

कार्यक्रम बारे ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले भने, ‘हामीले यो राइडलाई केवल मोटरसाइकलको मात्र नभई समुदायको उत्सव बनोस् भन्ने चाहेका थियौँ। ‘एपेक्स राइड : ट्रेल्स अफ शिवपुरी’ ले ट्रायम्फ राइडरहरूलाई एकै ठाउँमा भेला हुने, स्फूर्तिदायी ट्रेलहरूको अनुभव गर्ने, आफ्ना कथाहरू बाँड्ने र मोटरसाइकल यात्राको वास्तविक रोमाञ्च अनुभव गर्ने। हाम्रो लागि सधैं विशेष कुरा भनेको राइडरहरू आफ्नो मोटरसाईकलसँग मात्र होइन, यात्राका दृश्य, सम्पूर्ण यात्रा र एक–अर्कासँग पनि जोडिएको देख्नु हो।’


प्रतिक्रिया दिनुहोस्