नेप्सेको ओरालो यात्रा जारीः २६६० को विन्दुमा झर्यो बजार
काठमाडाैं । लगातर घटिरहेकाे सेयर बजारमा बुधबार पि उल्लेख्य गिरावट आएकाे छ। हिजाे २६.१६ अंकले घटेकाे नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज पनि १४.४५ बिन्दुले घटेर २६ सय ६० दशमलव ०२ बिन्दुमा झरेकाे हाे ।
आज फाइनान्स र व्यापार समुहका उपसूचक बाहेक सबै उपसूचक राताम्य बनेका छन् । यसदिन उत्पादन तथा प्रशाेधन १.१० र अन्य समुहकाे उपसूचक १.०२ प्रतिशत घटेकाे छ।
यसदिन ६२ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने २०२ कम्पनीकाे सेयर मूल्य घटेकाे छ । यस्तै १० कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ। टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरकाे सेयर मूल्य १५ प्रतिशतले बढेकाे छ। यस्तै भुजुङ हाइड्राेपावरकाे सेयर मूल्य १४.६९ प्रतिशत बढेकाे छ।
नेप्से घटे पनि यसदिन काराेबारमा भने झिनाे सुधार देखिएकाे छ। आज ३३८ कम्पनीकाे १ कराेड ७ लाख ७७ हजार ५८२ कित्ता सेयर ४ अर्ब ४१ कराेड ८६ लाख रूपैयाँमा काराेबार भएकाे छ।
हिजाे ३५३ कम्पनीकाे १ कराेड ४० हजार १६४ कित्ता सेयर ४ अर्ब ३६ कराेड २१ लाख ९४ हजार रूपैयाँमा काराेबार भएकाे थियाे ।












