३ वटा राइड मोड र उन्नत प्रविधिसहित नेपालमा टिभिएस अपाचे आरटीआर १६० ४ भी सार्वजनिक
काठमाडौँ। टिभिएस भेन्युको हिस्सा र विश्वस्तरमा ख्यातिप्राप्त दुई र तीन पाङ्ग्रे सवारी साधन निर्माता टिभिएस मोटर कम्पनीले नेपालमा पूर्ण रूपमा नयाँ टिभिएस अपाचे आरटीआर १६० ४ भी सार्वजनिक गरेको छ।
विगत दुई दशकदेखि रेसिङलाई सर्वसाधारणको पहुँचमा पुऱ्याउने प्रतिबद्धताका साथ टिभिएस अपाचेले विश्वस्तरीय प्रदर्शन गर्ने मेसिनहरू निर्माण गर्दै आएको छ।
यसले ब्रान्डको रेसिङ भावना आत्मसात् गर्ने राइडरहरूको एक बलियो र भावुक विश्वव्यापी समुदाय निर्माण गरेको छ। पछिल्लो संस्करणले मोटरसाइकलको प्रमाणित प्रदर्शन र रेसिङ डीएनएलाई कायम राख्दै राइडरको सुरक्षा, रात्रिकालीन दृश्यात्मकता अर्थात् नाइट भिजिबिलिटी र नियन्त्रणलाई अझ सुदृढ बनाउन केन्द्रित गरेको छ।
नयाँ सार्वजनिक गरिएको टिभिएस अपाचे आरटीआर १६० ४ भी विभिन्न आधुनिक विशेषताहरूले सुसज्जित रहेको छ। यस मोटरसाइकलमा १५९.७ सीसी क्षमताको इन्जिन रहेको छ, जसले फरक-फरक राइड मोडहरू अनुसार शक्ति प्रदान गर्दछ। यसको अधिकतम शक्ति स्पोर्ट मोडमा ९२५० आरपीएममा १७.५५ पीएस र अर्बन तथा रेन मोडमा ८६५० आरपीएममा १५.६४ पीएस रहेको छ। यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ।
यो मोटरसाइकल १२ लिटरको इन्धन ट्याङ्की क्षमताका साथ उपलब्ध छ। राइडरको सुरक्षाका लागि यसमा ड्युअल-च्यानल एबीएस अर्थात् एन्टि-लक ब्रेकिङ सिस्टम र सडकको अवस्था अनुसार चलाउन स्पोर्ट, अर्बन र रेन गरी तीनवटा राइड मोडहरू दिइएका छन्। यसको अतिरिक्त उत्कृष्ट नियन्त्रण र आरामदायी यात्राका लागि यसमा ३७ एमएमको अपसाइड डाउन फोक्स फ्रन्ट सस्पेन्सन समावेश गरिएको छ।
टिभिएस रेसिङको ४४ वर्षको विरासत र ट्र्याकबाट प्रेरित टिभिएस अपाचेले उच्च प्रदर्शन गर्ने मोटरसाइक्लिङ, गतिशीलता, नवीनता र राइडरको भावनालाई प्रतिनिधित्व गर्दछ। यसको डिजाइनदेखि प्रविधिसम्मका हरेक पक्षहरू रेसट्र्याकको अनुभवबाट तयार पारिएका हुन्।
टिभिएस अपाचे आरटीआर १६० ४ भीले आफ्नो श्रेणीमै उत्कृष्ट १७.५५ पीएस शक्ति, नियन्त्रण र उन्नत प्रविधिको बेजोड संयोजन प्रदान गर्दछ। रेसिङ इन्जिनियरिङमा आधारित यस मोटरसाइकलले उत्कृष्ट प्रदर्शन र तीनवटा राइड मोडहरू अर्थात् स्पोर्ट, अर्बन र रेन जस्ता नवीन विशेषताहरू प्रदान गर्दछ, जुन यस सेग्मेन्टमै पहिलो हो।

लन्चका अवसरमा बोल्दै टिभिएस मोटर कम्पनीका इन्टरनेशनल बिजनेस प्रेसिडेन्ट पेम्यान कारगरले टिभिएस अपाचे ब्रान्डले राइडरहरूका लागि रेसिङबाट प्रेरित नवीनता र उन्नत प्रविधि ल्याएर प्रदर्शनको क्षेत्रमा निरन्तर नयाँ मापदण्डहरू स्थापना गर्दै आएको बताए ।
युवा र गतिशील राइडरहरूको बढ्दो समुदायका कारण नेपाल टिभिएसएमका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण बजार बनेको भन्दै उनले नयाँ टिभिएस अपाचे आरटीआर १६० ४ भीको सार्वजनिक हुनु यस सेग्मेन्टमा हाम्रो उपस्थितिलाई अझ सुदृढ बनाउने अर्को महत्त्वपूर्ण कदम रहेकाे बताए ।
यी नयाँ अपग्रेडहरूसँगै, यो मोटरसाइकलले राइडरहरूलाई अझ बढी आत्मविश्वास र नियन्त्रणका साथ उत्कृष्ट प्रदर्शनको अनुभव गराउने उनकाे दावी छ।
यस्तै कार्यक्रममा जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले टिभिएस अपाचे ब्रान्डले नेपालमा विशेष गरी प्रदर्शन, शैली र प्रविधिलाई रुचाउने युवा राइडरहरूमाझ बलियो पकड बनाएको भन्दै पूर्ण रूपमा नयाँ टिभिएस अपाचे आरटीआर १६० ४ भीले यसको सेग्मेन्ट लिडिङ फिचर्स अर्थात् यस विधाका अग्रणी विशेषताहरू र रेसिङ प्रदर्शनका कारण यो लोकप्रियतालाई अझ बढाउने विश्वास व्यक्त गरे ।
उनले भने, ‘प्रोजेक्टर हेडल्याम्प, युएसडी सस्पेन्सन र टीएफटी क्लस्टरको प्रयोगले समग्र राइडिङ अनुभवलाई उत्कृष्ट बनाउनेछ, जसले जगदम्बा मोटर्सको नेपालमा टिभिएसका विश्वस्तरीय नवीनताहरू भित्र्याउने प्रतिबद्धतालाई झल्काउँछ।’
यस्तै टिभिएस मोटर कम्पनीका प्रिमियम बिजनेस हेड विमल सुम्ब्लीले २० वर्षभन्दा बढी समयदेखि टिभिएस अपाचेले भारत र बाहिर ६० भन्दा बढी देशका ६५ लाखभन्दा बढी राइडरहरूको विश्वास कायम राखेको भन्दै यसले आजका प्रदर्शन-केन्द्रित राइडरहरूका लागि आवश्यक फिचर्स र टिभिएस अपाचे प्रदर्शनको नयाँ परिभाषा लेखेको दाबी गरे ।
टिभिएस अपाचे आरटीआर १६० ४ भीले १६० सीसी सेग्मेन्टमा आफ्नो बेन्चमार्क अर्थात् मानकको रेसिङ डीएनएसँग जोडिएको अनुभव प्रदान गर्ने बताए ।
टिभिएस अपाचे आरटीआर १६० ४ भी टीएफटी अहिले नेपालका छानिएका डिलरशिपहरूमा उपलब्ध छ र जुलाई २०२६ सम्ममा देशभरको नेटवर्कमा उपलब्ध हुनेछ। यो मोटरसाइकल म्याट ब्ल्याक, रेसिङ रेड र मरिन ब्लु गरी तीन आकर्षक रङहरूमा उपलब्ध छ र यसको एक्स-शोरूम मूल्य ४ लाख २९ हजार ९०० रूपैयाँ ताेकिएकाे छ।













