सेयर बजारमा लगातार छैटौँ दिन पहिरो: नेप्से दोहोरो अंकले घट्दा कारोबार रकम २ अर्ब ६७ करोडमा खुम्चियो
काठमाडाैं । साेमबार लगातार छैटाैँ दिन सेयर बजार घटेकाे छ। गत साता ५ वटै काराेबार दिन घटेकाे सेयर बजार मापक नेप्से यस साताकाे पहिलाे काराेबार दिन पनि दाेहाेराे अंकले घटेकाे छ।
आज नेपाल स्कट एक्सचे१ज नेप्से १६.५४ अंकले घटेर २६ सय ३२ दशमलव ९६ बिन्दुमा झरेकाे हाे ।
आज १३ वटै समूहका उपसूचक घटेका छन् । यसदिन निर्जीवन बीमा १.३९, हाेटल तथा पर्यटन र उत्पादन तथा प्रशाेधन १.१४ र फाइनान्स समुहकाे उपसूचक १.१३ प्रतिशत घटेकाे छ।
आज २४० वटा कम्पनीको शेयर घटेकोमा २९ वटाको बढेको छ । यस्तै ६ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन।
आजकाे काराेबारमा टक्सार पिखुवा खोला हाइड्रोपावर, याम्बालिङ्ग हाइड्रोपावर, स्नाे रिभर्सकाे सेयर मूल्य १४.९९ र धाैलागिरी लघुवित्तकाे सेयर मूल्य १४.९८ प्रतिशत बढेकाे छ।
नेप्सेसँगै आज काराेबार रकम पनि घटेकाे छ। यसदिन ३५१ वटा कम्पनीका ७६ लाख ९९ हजार २२७ कित्ता शेयर २ अर्ब ६७ करोड १८ लाख ३२ रुपैयाँमा किनबेच भएको छ ।
अधिल्लाे काराेबार दिन ३५९ वटा कम्पनीका ७७ लाख २७ हजार कित्ता शेयर ३ अर्ब ९४ करोड रुपैयाँमा किनबेच भएकाे थियाे ।













