वाणिज्य बैंक समूह चम्किँदा नेप्सेमा हरियाली, ४ वटा जलविद्युत कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि « Arthapath.com
१८ असार २०८३, बिहिबार

वाणिज्य बैंक समूह चम्किँदा नेप्सेमा हरियाली, ४ वटा जलविद्युत कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि



काठमाडाैं । सेयर बजारमा बिहिबार पनि सामान्य सूधार देखिएकाे छ। आज नेपाल स्टक एक्सचेञ्ज नेप्से ८.७८ अंकले बढेर २६ सय ६१ दशमलव ७१ बिन्दुमा राेकिएकाे छ।

लगातार ७ कारोबार दिन घटेको शेयर बजार मापक नेप्से परिसूचक हिजाे ४४.५९ अंकले बढेकाे थियाे ।

नेप्से परिसूचकसँगै यसदिन काराेबारमा पनि सुधार देखिएकाे छ। आज ३५९ कम्पनीकाे ८९ लाख ६४ हजार २२३ कित्ता सेयर ४ अर्ब ११ कराेड ७७ लाख ८५ हजार रूपैयाँमा किनबेच भएकाे छ।

हिजाे ३६२ वटा कम्पनीका ९५ लाख ४७ हजार कित्ता शेयर ३ अर्ब ८६ करोड रुपैयाँमा किनबेच भएको थियाे ।

आज वाणिज्य बैंक, फाइनान्स, जीवन बीमा, माइक्राे फाइनान्स र म्युच्युअलल फण्ड समुहका उपसूचक बढेका छन् भने बाँकी सबै घटेका छन् । यसदिन वाणिज्य बैंक समुहकाे उपसूचक २.०४ प्रतिशत बढेकाे छ।

आज १०८ कम्पनीकाे सेयर मूल्य बढेकाेमा १५२ वटाकाे घटेकाे छ। यस्तै १३ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ।

अपर लाेहाेरे खाेला हाइड्रोपावर र कलंगा हाइड्राेकाे सेयर मूल्य १५ प्रतिशत र स्नाे रिभर्सकाे सेयर मूल्य १४.९८, सानीगाड हाइड्राेकाे सेयर मूल्य १४.९७ प्रतिशत बढेकाे छ।


प्रतिक्रिया दिनुहोस्