नेपाल एसबिआई बैंक ४ वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ अवार्डबाट सम्मानित « Arthapath.com
१९ असार २०८३, शुक्रबार

नेपाल एसबिआई बैंक ४ वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ अवार्डबाट सम्मानित



काठमाडौँ। नेपाल एसबिआई बैंक लिमिटेडले सिंगापुरस्थित एशियन बैंकिङ्ग एण्ड फाइनान्स (एबीएफ) द्वारा प्रदान गरिने चारवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ अवार्ड प्राप्त गरेको छ।

बैंकले होलसेल बैंकिङ्ग अवार्ड २०२६ अन्तर्गत ‘नेपाल डोमेस्टिक लिक्विडिटी म्यानेजमेन्ट बैंक अफ द इयर’ र ‘नेपाल डोमेस्टिक ट्रेड फाइनान्स बैंक अफ द इयर’ उपाधि जितेको छ। त्यसैगरी, रिटेल बैंकिङ्ग अवार्ड २०२६ अन्तर्गत बैंकले ‘डोमेस्टिक रिटेल बैंक अफ द इयर – नेपाल’ र ‘एसएमई बैंक अफ द इयर-नेपाल’ अवार्ड प्राप्त गर्न सफल भएको हो।

यी अन्तर्राष्ट्रिय सम्मानहरूले नेपाल एसबिआई बैंकले प्रदान गर्दै आएको होलसेल तथा रिटेल बैंकिङ्ग सेवा, तरलता व्यवस्थापन, व्यापार वित्त, उत्कृष्ट बैंकिङ अभ्यास र डिजिटल नवप्रवर्तनप्रतिको प्रतिबद्धतालाई पुष्टि गरेको बैंकिङ क्षेत्रका विज्ञहरूले बताएका छन्।

यस सुखद अवसरमा बैंकले आफ्ना आदरणीय सेयरधनी र ग्राहक वर्गप्रति निरन्तर विश्वासका लागि हार्दिक आभार व्यक्त गरेको छ। साथै, आफ्नो उन्नति र सफलतामा महत्त्वपूर्ण भूमिका खेल्ने नियामक निकायहरूबाट प्राप्त मार्गदर्शन र सहयोगप्रति कृतज्ञता जनाउँदै बैंकले आगामी दिनमा अझ सुदृढ सेवा प्रदान गर्ने र राष्ट्रको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याएको छ।

नेपाल एसबिआई बैंक लिमिटेडले विगत ३२ वर्षदेखि नेपाली बजारमा आधुनिक र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। हाल यस बैंकले आफ्ना १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत देशव्यापी रूपमा सेवा प्रवाह गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्