नेपाल एसबीआई बैंक एशियन बैंकिङ्ग एण्ड फाइनान्स सिंगापुरद्वारा सम्मानित
काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेड सिंगापुर स्थित एशियन बैंकिङ्ग एण्ड फाइनान्स (एबीएफ) द्वारा होल्सेल बैंकिङ्ग अवार्ड २०२६ अन्तर्गत “नेपाल डोमेस्टिक लिक्विडिटी म्यानेजमेन्ट बैंक अफ द इयर”, “नेपाल डोमेस्टिक ट्रेड फाइनान्स बैंक अफ द इयर”, तथा रिटेल बैंकिङ्ग अवार्ड २०२६ अन्तर्गत “डोमेस्टिक रिटेल बैंक अफ द इयर– नेपाल” र “एसएमई बैंक अफ द इयर– नेपाल” बाट सम्मानित भएको छ ।
यी अन्तर्राष्ट्रिय सम्मानहरुले बैंकले प्रदान गरिरहेको होल्सेल तथा रिटेल बैंकिङ्ग सेवाहरुमा तरलता व्यवस्थापन, व्यापार वित्त, उत्कृष्ट बैंकिङ्ग अभ्यास तथा नवप्रवर्तनप्रति बैंकको अटल प्रतिबद्धतालाई जोड दिन्छ
।
‘यस अवसरमा हामीप्रति निरन्तर विश्वासका साथ सहकार्य गर्नुहुने हाम्रा आदरणीय शेयरधनी तथा ग्राहकहरुमा हार्दिक आभार व्यक्त गर्दछौं’ बैंकले भनेको छ, ‘हाम्रो उन्नति र सफलतामा महत्वपूर्ण भूमिका खेल्नुहुने नियामक निकायहरुबाट प्राप्त मार्गदर्शन र सहयोगप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।’
यसले हामीलाई हाम्रा सेवाहरु अझ सुदृढ बनाउन तथा राष्ट्रको आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउन प्रेरित गरेको बैंकको भनाई छ ।
नेपाल एसबीआई बैंक लि. ले विगत ३२ वर्ष देखि बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहित बैंकिङ्ग, १२७ एटीएम र १ कर्पोरेट कार्यालय संचालनमा छन् ।













