हिमालयन पावर पार्टनरको ५३ लाखभन्दा बढी कित्ता शेयर नेप्सेमा सूचीकृत « Arthapath.com
२६ असार २०८३, शुक्रबार

हिमालयन पावर पार्टनरको ५३ लाखभन्दा बढी कित्ता शेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एकैपटक ५३ लाख कित्ताभन्दा बढी नयाँ शेयर थपिएको छ। हिमालयन पावर पार्टनर लिमिटेडले निष्कासन गरेको हकप्रद शेयर आज नेप्सेमा औपचारिक रूपमा सूचीकृत भएको हो।

नेप्सेका अनुसार कम्पनीको कुल ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर दोस्रो बजारमा कारोबार हुन सक्ने गरी सूचीकरण गरिएको छ।

हिमालयन पावर पार्टनरले केही समयअघि आफ्ना विद्यमान शेयरधनीहरूका लागि चुक्तापुँजीको ५० प्रतिशत (१:०.५ को अनुपातमा) हकप्रद शेयर बिक्री खुला गरेको थियो। सोही अभिशेष शेयर अहिले सूचीकृत भएसँगै अब लगानीकर्ताहरूले यसको दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्