जेटुर टी २ आई-डीएमले पाकिस्तानमा पायो १ हजारभन्दा बढी बुकिङ « Arthapath.com
२६ असार २०८३, शुक्रबार

जेटुर टी २ आई-डीएमले पाकिस्तानमा पायो १ हजारभन्दा बढी बुकिङ



काठमाडौं । चीनको लोकप्रिय अटोमोबाइल ब्रान्ड जेटु रले पाकिस्तानमा नयाँ जेटुर टी२ आई–डीएम सार्वजनिक गरेसँगै उल्लेखनीय सफलता हासिल गरेको छ। कम्पनीका अनुसार बुकिङ खुलाएको केही दिनमै यस एसयूभीका १ हजारभन्दा बढी बुकिङ प्राप्त भएका छन्।

प्लग–इन हाइब्रिड प्रविधि, आकर्षक एसयूभी डिजाइन तथा प्रिमियम फिचरका कारण यो मोडलले ग्राहकको उच्च आकर्षण प्राप्त गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस उपलब्धिले दक्षिण एसियामा आधुनिक एसयूभीप्रतिको बढ्दो मागलाई प्रतिबिम्बित गर्नुका साथै आकर्षक डिजाइन र उत्कृष्ट अफ–रोड क्षमताका लागि परिचित जेटुरले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउँदै गएको संकेत गरेको छ।


प्रतिक्रिया दिनुहोस्