फोटोनले पाँच नयाँ सर्भिस पोइन्ट विस्तार गर्दै, सेवा सञ्जाल २१ स्थानमा पुर्‍यायो « Arthapath.com
२९ असार २०८३, सोमबार

फोटोनले पाँच नयाँ सर्भिस पोइन्ट विस्तार गर्दै, सेवा सञ्जाल २१ स्थानमा पुर्‍यायो



काठमाडौं। फोटोनले नेपालका विभिन्न स्थानमा पाँच नयाँ आधिकारिक सर्भिस पोइन्ट सञ्चालनमा ल्याउँदै आफ्नो बिक्रीपछिको सेवा सञ्जाल विस्तार गरेको छ।

कम्पनीका अनुसार भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा नयाँ सर्भिस पोइन्ट सञ्चालनमा आएसँगै फोटोनको देशव्यापी बिक्रीपछिको सेवा सञ्जाल २१ भन्दा बढी स्थानमा पुगेको छ।

यो विस्तारसँगै देशभरका ग्राहकले विद्युतीय सवारीसाधनको मर्मत, नियमित सर्भिसिङ तथा प्राविधिक सहायता आफ्नै नजिकबाट सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

नयाँ सर्भिस पोइन्टहरूले सम्बन्धित क्षेत्र तथा आसपासका ग्राहकलाई छिटो, भरपर्दो र सहज सेवा उपलब्ध गराउने कम्पनीको विश्वास छ। विशेषगरी दैनिक सञ्चालनमा निर्भर शैक्षिक संस्था, लजिस्टिक्स व्यवसाय तथा व्यावसायिक सवारीसाधन सञ्चालकका लागि यो सेवा विस्तार उपयोगी हुने कम्पनीले जनाएको छ।

कम्पनीले विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गइरहेको अवस्थालाई ध्यानमा राख्दै बिक्रीपछिको सेवा सञ्जाललाई थप विस्तार गर्दै ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने रणनीतिअनुसार नयाँ सर्भिस पोइन्ट सञ्चालनमा ल्याएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्