साढे ३० अंकले घटेर २५७० विन्दुमा आयो शेयर बजार
काठमाडौं । आज शेयर बजार घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३०.६० अंकले घटेर २५७०.१८ को विन्दुमा आएको छ । आज नेप्से १.१७ प्रतिशतले घटेको छ ।
आज नेप्से घट्दा ७ अर्ब ४७ करोड ८४ लाख १६ हजार रुपैयाँ बराबरको ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता शेयर कारोबार भएको छ ।
आज १३ वटै उपसूचकहरू राताम्य बनेका छन् । यसदिन व्यापार समुहकाे उपसूचक सर्वाधिक २.३०, हाेटल तथा पर्यटन १.९९, हाइड्राेावर १.९८, उत्पादन तथा प्रशोधन १.३६, फाइनान्स १.३२ र जीवन बीमा १.०७ प्रतिशत घटेकाे छ।
आज २४९ वटा कम्पनीको शेयर घटेकोमा २२ वटाको बढेको छ । यस्तै ४ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज सामुदायीक लघुवित्तकाे सेयर मूल्य ५.३७ प्रतिशत, १०.२५ प्रतिशत सिटिजन बैंक डिबेन्चर २०८६ काे सेयर मूल्य ५.३१ र आत्मनिर्भर लघुवित्तको शेयर मूल्य ५ प्रतिशतले बढेकाे छ। यता उपकार लघुवित्तको शेयर ११.२८ र बुद्धभुमी नेपालकाे सेयर मूल्य ७.४७ प्रतिशत घटेकाे छ।













