४ दिन लगातार घटेको शेयर बजार ५ औँ दिन ६ अंले बढ्यो  « Arthapath.com
३० असार २०८३, मंगलबार

४ दिन लगातार घटेको शेयर बजार ५ औँ दिन ६ अंले बढ्यो 



काठमाडौं । आज शेयर बजार बढेको छ । लगातार चार दिन यता घटेको शेयर बजार आज भने ६.११ अंकले बढेको छ । आज नेप्से ०.२३ प्रतिशतले बढेर २५७६.२९ विन्दुमा आएको छ । 

आज बजार बढ्दा ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ९३ हजार ५९६ कित्ता शेयर कारोबार भएको छ । 

आज नेप्से बढ्दा १६४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरमा ३८३ वटा कम्पनीको शेयर ५३ हजार ८५४ पटक शेयर किनबेच भएको छ । 

आज उत्पादन तथा प्रशोधन समुहको उपसूचक बाहेक सबै उपसूचक बढेका छन् । यसदिन व्यापार समुहको उपसूचक १.४७ प्रतिशत बढेको छ।


प्रतिक्रिया दिनुहोस्