नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उमङ्ग, झण्डै ८० अंकले बढ्यो नेप्से
काठमाडाैं । नयाँ आर्थिक वर्षकाे पहिलाे दिन सेयर बजारमा उत्साह देखिएकाे छ। चालु आर्थिक वर्षकाे पहिलाे तथा साताकाे अन्तिम काराेबार दिन सेयर बजार मापक नेप्से परिसूचक ७९.७४ अंकले बढेकाे हाे ।
आज नेप्से परिसूचक ३.०६ प्रतिशतले बढेर २६ सय ७७ दशमलव ५४ बिन्दुमा उक्लिएकाे छ।
बजारमा उछाल देखिए पनि यसदिन काराेबार भने सुधार देखिएन । आज ३३५ वटा कम्पनीका १ कराेड ३ लाख ८९ हजार ७७ कित्ता शेयर ४ अर्ब ५७ करोड ५९ लाख ९४ हजार रुपैयाँमा किनबेच भएको छ ।
हिजाे ३७१ वटा कम्पनीका ९४ लाख ६९ हजार ९९ कित्ता शेयर ४ अर्ब ५६ करोड २९ लाख ५० हजार रुपैयाँमा किनबेच भएको थियाे ।
आज २५९ कम्पनीको सेयर मूल्य बढेकोमा १३ वटाको घटेको छ। यस्तै २ वटा कम्पनीको सेयर मूल्यमा कुनै घटबढ भएको छैन। यसदिन श्रसीनगर एग्रिटेक इन्डष्ट्रिजकाे सेयर मूल्य १५ प्रतिशतले बढेकाे छ भने सुर्यकण्ड हाइड्राे इलेक्ट्रिक १४.८३, शिखर पावर डेभलपमेन्ट १२.५४, रिज लाइन इनर्जी १२.०६ र मिडसाेलु हाइड्राेपावरकाे सेयर मूल्य १२.०५ प्रतिशतले बढेकाे छ।
आज म्युच्युअल फण्ड बाहेक सबै उपसूचकमा हरियाली छाएकाे छ। यसदिन सर्वाधिक उत्पादन तथा प्रशाेधन ४.६०, हाइड्राेपावर ४.५८, लगानी समुहकाे उपसूचक ४.१२ प्रतिशत बढेकाे छ भने हाेटल तथा पर्यटन ३.६६, फाइनान्स ३.३९, अन्य २.७७, जीवन बीमा २.७४, वाणिज्य बैंक २.४१, विकास बैंक २.१८, निर्जीवन बीमा २.११ र माइक्राेफाइनान्स १.८० प्रतिशत बढेकाे छ।













