एमजी सवारीधनीका लागि धाेबीघाटमा अत्याधुनिक सर्भिस वर्कसप सञ्चालनमा
काठमाडौं । नेपालमा एमजी गाडीको आधिकारिक वितरक गो अटोमोबाइल्स प्रालिले एमजी सवारीधनीका लागि समर्पित अत्याधुनिक सर्भिस वर्कसप सञ्चालनमा ल्याएको छ।
कम्पनीले धाेबीघाटस्थित नयाँ सर्भिस सेन्टरको औपचारिक उद्घाटनसँगै आगामी जुलाई २२ देखि २९ सम्म विशेष सर्भिस क्याम्प सञ्चालन गर्ने घोषणा गरेको हो।
कम्पनीका अनुसार उक्त सर्भिस वर्कसप विशेष रूपमा एमजी कोमेट ईभी र एमजी विन्डसर ईभीका ग्राहकलाई लक्षित गरिएको छ। यहाँ प्रशिक्षित प्राविधिक, कम्पनीका आधिकारिक जेनुइन पार्ट्स तथा प्रतिस्पर्धी मूल्यमा सेवा उपलब्ध गराइनेछ।
नयाँ सर्भिस सेन्टरको शुभारम्भको अवसरमा आयोजना हुने सातदिने ‘ग्रान्ड ओपनिङ सर्भिस क्याम्प’ मार्फत नयाँ तथा हालका एमजी ग्राहकलाई गुणस्तरीय बिक्रीपछिको सेवा अनुभव प्रदान गरिने कम्पनीले जनाएको छ।
क्याम्पअन्तर्गत एमजी ग्राहकका लागि समर्पित सेवा सुविधा, जेनुइन पार्ट्स, प्रशिक्षित प्राविधिक, पारदर्शी सेवा शुल्क, भविष्यका सेवा अद्यावधिक तथा विशेष सुविधाका लागि ग्राहक दर्ता कार्यक्रम सञ्चालन गरिनेछ। साथै ग्राहकले आफ्नो सेवा अनुभव भिडियो (रिल्स), लेख तथा गुगल रिभ्युमार्फत साझा गर्दा आकर्षक उपहार जित्ने अवसर पनि प्राप्त गर्नेछन्।
गो अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले समर्पित सर्भिस वर्कसप सञ्चालनले नेपालका एमजी ग्राहकलाई भरपर्दो तथा उच्चस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाउने बताए।
कम्पनीका अनुसार सर्भिस क्याम्प जुलाई २२ देखि २९ सम्म सञ्चालन हुनेछ। एमजी कोमेट र एमजी विन्डसरका ग्राहकलाई अग्रिम सेवा बुकिङ गरी नयाँ सेवा सुविधाको लाभ लिन कम्पनीले आग्रह गरेको छ।
गो अटोमोबाइल्स गोल्छा अर्गनाइजेशनअन्तर्गतको कम्पनी हो। सन् १९३० मा स्थापित गोल्छा अर्गनाइजेशन नेपालका अग्रणी औद्योगिक तथा अटोमोबाइल समूहहरूमध्ये एक हो। कम्पनीले विश्वप्रसिद्ध अटोमोबाइल ब्रान्डहरूको आधिकारिक प्रतिनिधित्व गर्दै आधुनिक तथा दिगो गतिशीलता (मोबिलिटी) समाधान नेपाली बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ।
नेपालभर फैलिएको सेवा सञ्जालमार्फत कम्पनीले ग्राहकलाई गुणस्तरीय बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ। पछिको सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाउने बताए।
कम्पनीका अनुसार सर्भिस क्याम्प जुलाई २२ देखि २९ सम्म सञ्चालन हुनेछ। एमजी कोमेट र एमजी विन्डसरका ग्राहकलाई अग्रिम सेवा बुकिङ गरी नयाँ सेवा सुविधाको लाभ लिन कम्पनीले आग्रह गरेको छ।
गो अटोमोबाइल्स गोल्छा अर्गनाइजेशनअन्तर्गतको कम्पनी हो। सन् १९३० मा स्थापित गोल्छा अर्गनाइजेशन नेपालका अग्रणी औद्योगिक तथा अटोमोबाइल समूहहरूमध्ये एक हो। कम्पनीले विश्वप्रसिद्ध अटोमोबाइल ब्रान्डहरूको आधिकारिक प्रतिनिधित्व गर्दै आधुनिक तथा दिगो गतिशीलता (मोबिलिटी) समाधान नेपाली बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ।
नेपालभर फैलिएको सेवा सञ्जालमार्फत कम्पनीले ग्राहकलाई गुणस्तरीय बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ।