नेप्से ४१ अंकले बढेर २७०० बिन्दु पार, कारोबार साढे ५ अर्बमाथि - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेप्से ४१ अंकले बढेर २७०० बिन्दु पार, कारोबार साढे ५ अर्बमाथि



काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा उत्साह देखिएको छ। गत शुक्रबार झण्डै ८० अंकले बढेको सेयर बजार मापक नेप्से परिसूचक आज पनि ४१.७० अंकले बढेर २७ सय १९ दशमलव २४ बिन्दुमा पुगेर रोकिएको छ।

नेप्से परिसूचकसँगै यसदिन कारोबार पनि बढेको छ । आज ३४३ वटा कम्पनीका १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता शेयर ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार रुपैयाँमा किनबेच भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ३३५ वटा कम्पनीका १ करोड ३ लाख ८९ हजार ७७ कित्ता शेयर ४ अर्ब ५७ करोड ५९ लाख ९४ हजार रुपैयाँमा किनबेच भएको थियो ।

यसदिनकाे काराेबारमा म्युच्युअल फण्ड समुहकाे उपसूचक घटेकाे छ भने बाँकी १२ वटै उपसूचकमा हरियालि छाएकाे छ। आज उत्पादन तथा प्रशाेधन ३.२१, अन्य २.८१, हाइड्राेपावर २.७९, हाेटल तथा पर्यटन १.९८, लगानी १.५५, विकास बैंक १.४८ र व्यापार समुहकाे उपसूचक १.१४ प्रतिशत बढेकाे छ।

आज २३९ कम्पनीको सेयर मूल्य बढेकोमा ३२ वटाको घटेको छ। यस्तै ५ वटा कम्पनीको सेयर मूल्यमा कुनै घटबढ भएको छैन।

यसदिन एभरेष्ट कलर लिमिटेडकाे सेयर मूल्य १४.९७, रिज लाइन इनर्जी १४.६४ र श्रसीनगर एग्रिटेक इन्डष्ट्रिजकाे सेयर मूल्य १०.९५ प्रतिशत बढेकाे छ।


प्रतिक्रिया दिनुहोस्