एमजी ग्राहकका लागि जुलाई २२ देखि २९ सम्म सातदिने ग्रान्ड ओपनिङ सर्भिस क्याम्पेन
काठमाडौं । जीओ अटोमोबाइल्सले नेपालभरका एमजी सवारीधनीलाई लक्षित गर्दै समर्पित एमजी सर्भिस वर्कसप सञ्चालनमा ल्याएको छ।
नयाँ वर्कसपको उद्घाटनसँगै कम्पनीले एमजी कमेट ईभी र एमजी विन्डसर ईभीका नयाँ तथा हालका ग्राहकका लागि सातदिने ‘ग्रान्ड ओपनिङ सर्भिस क्याम्पेन’ सञ्चालन गर्ने घोषणा गरेको छ। उक्त अभियान जुलाई २२ देखि २९, २०२६ सम्म सञ्चालन हुनेछ।
कम्पनीका अनुसार नयाँ सर्भिस वर्कसपबाट एमजी सवारीसाधनका लागि विशेष बिक्रीपछिको सेवा उपलब्ध गराइनेछ। यहाँ दक्ष प्राविधिक, मौलिक स्पेयर पार्ट्स र पारदर्शी सेवा शुल्कसहितको सेवा प्रदान गरिने व्यवस्था गरिएको छ। यसले एमजी ग्राहकलाई सहज, भरपर्दो र गुणस्तरीय मर्मत–सम्भार सेवा उपलब्ध गराउँदै सवारी स्वामित्वको अनुभवलाई थप प्रभावकारी बनाउने कम्पनीको विश्वास छ।
सातदिने सर्भिस क्याम्पेनअन्तर्गत ग्राहक दर्ता, आगामी सेवा सम्बन्धी सूचना प्राप्त गर्ने सुविधा तथा विशेष लाभ उपलब्ध गराइनेछ। साथै, एमजी सवारीधनीलाई कम्पनीको अत्याधुनिक सेवा केन्द्रको अनुभव गराउने अवसर पनि प्रदान गरिने कम्पनीले जनाएको छ।













