प्रधानमन्त्री शाह आज अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
काठमाडौं। पछिल्लो समय विभिन्न क्षेत्रका प्रतिनिधीहरुसँग भेटवार्तामा व्यस्त रहेका प्रधानमन्त्री बालेन्द्र शाह आज नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीसँग छलफल गर्दैछन्।
नेपालमा जैविक कृषि, प्रशोधन तथा अर्ग्यानिक उद्योगको प्रवर्द्धनका विषयमा नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ :३० बजे छलफलको कार्यक्रम तय भएको हो ।
उक्त छलफलमा नेपाल अर्ग्यानिक संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा, गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली तथा अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष परशुराम आचार्य सहभागी हुने कार्यक्रम रहेको छ ।
नेपालमा अर्ग्यानिक कृषि उत्पादन, प्रशोधन, बजार विस्तार, निर्यात प्रवर्द्धन, उद्योग सञ्चालनका चुनौती तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीतिगत सहजीकरणका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
नेपाल अर्ग्यानिक संघ जैविक कृषि उत्पादन, प्रशोधन, व्यापार तथा उपभोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको संस्था हो । संघले अर्ग्यानिक उत्पादनको गुणस्तर अभिवृद्धि, किसान तथा उद्यमीको क्षमता विकास र बजार विस्तारमा काम गर्दै आएको छ।













