९ कार्तिक २०८३, सोमबार

प्रतिताेला ३००० रूपैयाँले बढ्याे सुनकाे भाउ, चाँदी पनि महँगियाे



काठमाडाैं । साेमबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । हिजाे एकैदिन ताेलामा ११ हजार ७०० रूपैयाँ घटेकाे सुनकाे भाउ आज ३ हजार रुपैयाँले बढेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला सुन २ लाख ८१ हजार ५ सय रुपैयाँ ताेकिएकाे छ। हिजो सुन तोलाको २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ बढेको छ । यससँगै आज चाँदी तोलामा ३ हजार ९९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ३ हजार ९५५ रुपैयाँमा किनबेच भएको थियो।