लगातार चौथो दिन पनि बढ्याे सुनकाे भाउ, चाँदी भने घट्यो
काठमाडौं । बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । तगातार चार दिनदेखि बढीरहेकाे सुनकाे मूल्य आज पनि तोलामा ३ सय रुपैयाँ बढेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ ताेकिएकाे छ।
हिजाे ताेलामा ९०० रूपैयाँले बढेकाे सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियाे ।
यता आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ९३० रुपैयाँमा झरेको हाे ।















