१३ कार्तिक २०८३, शुक्रबार

साताको अन्तिम कारोबार दिन नेप्से ५.४५ अंकले घट्यो, काराेबार रकम भने ८ अर्ब ८९ कराेड नाघ्याे



काठमाडाैं । साताकाे अन्तिम काराेबार दिन शुक्रबार सेयर बजार घटेर बन्द भएकाे छ। लगातार ३ दिन घटेकाे नेपाल स्टक एक्सचेञ्ज नेप्से आज ५.४५ अंकले घटेर २६ सय ९० दशमलव १५ बिन्दुमा राेकिएकाे हाे ।

बजार घटेकाे दिन म्युच्युअ फण्ड, निर्जीवन बीमा, व्यापार र अन्य समुहका उपसूचक बढेकाेमा विकास बैंक सर्वाधिक १.६१ प्रतिशत बढेकाे छ भने बाँकी सबै उपसूचकहरू घटेका छन्।

नेप्से परिसूचक घटेपनि यसदिन काराेबार भने बढेकाे छ। आज ३४८ वटा कम्पनीको २ करोड २८ लाख ६२ हजार ५५४ कित्ता शेयर ८ अर्ब ८९ कराेड १५ लाख ९५ हजार रुपैयाँमा किनबेच भएको छ ।

हिजाे ३५० वटा कम्पनीको २ करोड ३२ लाख ५८ हजार कित्ता शेयर ८ अर्ब ५७ कराेड ९८ हजार रुपैयाँमा किनबेच भएको थियाे ।

आज १०२ वटा कम्पनीको शेयर बढेको छ भने १६९ वटाको घटेको छ । यस्तै ८ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

यसदिन बेनी हाइड्राेपावर प्राेजेक्ट लिमिटेडकाे सेयर मूल्य सर्वाधिक १४.९९ र स्वाबलम्वन लघुवित्तकाे सेयर मूल्य १२.११ प्रतिशतले बढेकाे छ।