छिमेक लघुवित्तले घोषणा गर्यो २५ प्रतिशत लाभांश
काठमाडाैं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।
कात्तिक १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे ।
जसअनुसार संस्थाले ११.९६३१ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १३.०३६९ प्रतिशत नगद लाभांश दिनेछ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेश्चिात सो दरमा लाभांश वितरण गरिनेछ।















