१ मंसिर २०८३, मंगलबार

निर्जीवन बीमा क्षेत्रमै सर्वाधिक कर तिर्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स सम्मानित



काठमाडौं। निर्जीवन बीमा क्षेत्रमै सर्वाधिक आयकर दाखिला गर्ने कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड सम्मानित भएको छ। नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सर्वाधिक आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको भन्दै कम्पनीलाई सम्मान गरेको हो।

राष्ट्रिय कर दिवसको अवसरमा मंगलबार आयोजित करदाता सम्मान समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीलाई सम्मानपत्र प्रदान गरेका हुन्। प्रतिकूल परिस्थितिका बीच पनि निर्जीवन बीमा क्षेत्रमा सर्वाधिक करदाता बन्न सफल भएकोमा कम्पनीले गौरव महसुस गरेको जनाएको छ।

यो सम्मान पारदर्शिता, सुशासन, वित्तीय अनुशासन तथा जिम्मेवार व्यावसायिक अभ्यासप्रतिको प्रतिबद्धताको सम्मान हो। कम्पनीले स्थापनाकालदेखि नै प्रचलित कानुन, नियम तथा नियामकीय व्यवस्थाको पूर्ण पालना गर्दै पारदर्शी, उत्तरदायी र नैतिक व्यावसायिक संस्कृतिलाई प्राथमिकता दिँदै आएको जनाएको छ।

राज्यप्रतिको दायित्वलाई कानुनी बाध्यताका रूपमा मात्र नभई जिम्मेवार संस्थागत नागरिकको कर्तव्यका रूपमा आत्मसात् गर्दै करसम्बन्धी दायित्व समयमै र पूर्ण रूपमा निर्वाह गर्दै आएको कम्पनीको भनाइ छ। कम्पनीले प्राप्त गरेको सम्मानले वित्तीय पारदर्शिता, संस्थागत सुशासन, उत्तरदायी व्यवस्थापन तथा दीर्घकालीन व्यावसायिक स्थायित्वप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ।

नियमित र इमानदार कर भुक्तानीले राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण, सार्वजनिक सेवा प्रवाह तथा राष्ट्र निर्माणमा योगदान पुर्‍याउने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको विश्वास छ। बीमा क्षेत्र व्यक्ति, व्यवसाय तथा राष्ट्रको आर्थिक जोखिम व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने क्षेत्र भएकाले बीमित तथा सेवाग्राहीप्रतिको दायित्व, शेयरधनीको हित, नियामकीय अनुपालन र वित्तीय उत्तरदायित्वलाई सन्तुलित रूपमा अघि बढाउँदै आएको कम्पनीले जनाएको छ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले यस सम्मानलाई विगतको उपलब्धिको मान्यताका रूपमा मात्र नभई आगामी दिनमा अझ उच्च व्यावसायिक नैतिकता, पारदर्शिता, सुशासन र वित्तीय अनुशासन कायम राख्न थप प्रेरणाका रूपमा लिएको जनाएको छ। यस उपलब्धिमा योगदान पुर्‍याउने सरकार, नियामक निकाय, बीमित तथा सेवाग्राही, शेयरधनी, अभिकर्ता, पुनर्बीमक, व्यावसायिक साझेदार तथा शुभेच्छुकप्रति कम्पनीले आभार समेत व्यक्त गरेको छ।