एनआईसी एशिया बैंकले यी ४ ओटा कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री गर्ने

काठमाडौं । एनआईसी एशिया बैंकले चार कम्पनीको संस्थापक शेयर आज (आइतवार) देखि लिलामीमा विक्री खुला गरेको छ । बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५६०, सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ९२ हजार ९९४, एशियन लाइफ इन्स्योरेन्सको १ लाख ३९ हजार ४७० र नेशनल लाइफ इन्स्योरेन्सको १ लाख २५ हजार ७२६ कित्ता संस्थापक शेयर लिलामी ल्याएको हो ।
यसअघि लिलामीमा ल्याउदा सूर्या लाइफ इन्स्यारेन्स र एशियन लाइफ इन्स्योरेन्सको शेयरमा आंसिक मात्र आवेदन परेको र नागरिक लगानी कोषमा परेको सम्पूर्ण आवेदन रद्ध भएकाले बैंकले जानकारी गराएको छ ।
नागरिक लगानी कोषको रद्ध भएको शेयर पुनः लिलामीमा ल्याएको बैंकले उल्लेख गरेको छ । यी चार ओटै कम्पनीको शेयरमा आवेदन गर्न न्यूनतम १०० कित्ता र सोभन्दा बढी १० ले भाग जाने गरी आवेदन गर्न सक्नेछन् ।
यस शेयरमा आवेदकले मंसिर १९ गतेसम्म आवेदन गर्न सक्नेछन् । बैंकले आज एक सूचना जारी गरि यस्तो बताएको हो ।

