३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनको अवधिको लागि ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७७ साल फागुन १८ गते परिपक्क हुने भएको छ ।
त्यसैगरी, भोलि २ बजे बोलकबोल भएर मंसिर १६ गते, मंगलबार ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।
