माछापुच्छे बैंकले सुरु गर्यो कर्पोरेट पे प्रणाली
काठमाडौं । माछापुच्छे बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी “corporatePAY“ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेड सँग सम्झौता गरेको छ ।
उक्त सम्झौता पत्रमा माछापुच्छे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन ।
सम्झौता पश्चात माछापुच्छे बैंकका व्यावसायिक ग्राहकहरुले बिभिन्न संघ संस्था, सरकारी कार्यालयहरु) बैंकको मोवाइल बैंकिङ्ग एप तथा इन्टरनेट बैंकिंङ्ग एप मार्फत बैंकमा नगई जहाँकहिँबाट आफैले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, विभिन्न सेवाहरुको भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् ।
उक्त प्रणाली मार्फत connectIPS अथवा NCHL-IPS मा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछन् । साथै यस प्रणालीबाट कारोबार गर्दा बैंक तथा “orporatePAY“ दुबै तर्फबाट सुरक्षाका अधिकतम उपायहरु अपनाईएको हुदाँ माछापुच्छे बैंक बैंकको डिजिटल माध्यम मार्फत हुने कारोबार सुरक्षित र भरपर्दो रहनेछन् ।
माछापुच्छे बैंकले सदैव आफ्ना ग्राहकहरुका निम्ति विभिन्न डिजिटल भुक्तानी माध्यमहरु प्रदान गर्दै आएको छ र यस orporatePAY प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकहरुलाई पनि डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास बैंकले गरेको छ ।













