आइतबार कति छ सुनचाँदीको मुल्य ?

काठमाडौँ । आइतबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य स्थिर रहेको छ । सुन शुक्रबारको बजार मुल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार पनि छापावाला सुन तोलाको ९२ हजार ५ सयमा नै कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ५० नै कायम रहेको छ ।
त्यसैगरी आइतबार चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।