आजदेखी प्रभु लाइफको ६० करोडको आइपिओ खुल्यो, कसरी दिने आवेदन ? « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

आजदेखी प्रभु लाइफको ६० करोडको आइपिओ खुल्यो, कसरी दिने आवेदन ?



काठमाडौं । आज सोमबारदेखी प्रभु लाइफ इन्स्योरेन्सको ६० करोडको आईपिओ विक्री खुल्ला गरेको छ । प्रभु ग्रुपद्वरा प्रर्वधित प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर सोमबारदेखि बिक्री खुल्ला भएको छ ।

कम्पनीको बीमा समितिले तोकेबमोजिम २ अर्व चुक्ता पुँजीको लागी ६० करोडको ६० लाख कित्ता आईपिओ निस्कासन गर्न लागेको हो । ४ दिनसम्म विक्री हुने सो आइपिओमा न्यूनतम १० कित्तादेखी ५ हजार कित्तासम्म सेयर खरिद गर्न सकिनेछ ।

सेयर भर्नको लागी सि–आश्वा लिएका सबै बैंक तथा वित्तिय संस्थाबाट सर्वसाधारणले फरम भरेर सेयर किन्न सक्नेछन । अनलाइन सेवा मेरो सेयरबाट पनि सेयर भर्न सकिनेछ । मोवाइल एप मेरो सेयर लगइन गरी आईपिओ भर्न सकिने व्यवस्था छ ।

६० लाख कित्तामध्ये कम्पनीले आफ्ना कर्मचारीलाई ५ प्रतिशत र सामूहिक लगानी कोषका लागि पनि ५ प्रतिशत छुट्याएर बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणको लागी बिक्री खुल्ला गरेको हो । कम्पनीका कार्यरत २ सय ६० जना कर्मचारीले न्युनतम ३ सय कित्ता सेयर पाउने भएका छन । प्रभु लाइफ इक्रा रेटिङमा बीबी पलस रेटिङ पाएको छ । कम्पनीले गत आव २०७६/७७ मा ५ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीको अध्यक्षमा आत्माराम घिमिरे रेहमा छन भने प्रमुख कार्यकारी अधिकृतमा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाशप्राप्त नारायण पौडेल रहेका छन । प्रभु लाइफमा प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सांग्रिला विकास बैंक संस्थापक सेयरधनी रहेका छन ।


प्रतिक्रिया दिनुहोस्