आइतबार स्थिर रहेको सुनको मूल आज ९ सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
६ पुष २०७७, सोमबार

आइतबार स्थिर रहेको सुनको मूल आज ९ सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । साताको दोस्रो दिन सोमबार सुन चाँदीको मूल्य बढेको छ । आइतबार स्थिर रहेर तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार बढेको हो । सोमबार छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, सोमबार तेजावी सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, सोमबार चाँदीको मूल्य ४० रुपैयाँले बढेर तोलाको १३ सय २० रुपैयाँमा कारोबार भएको छ ।

आइतबार छापावाल सुनको मूल्य स्थिर रहेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार तेजावी सुनको मूल्य पनि स्थिर रहेर तोलाको ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार चाँदीको मूल्य स्थिर रहेर तोलाको १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्