मंगलबार लगानीकर्ता रमाए, नेप्से ९५.४६ अंकले बढेर साढे ६ अर्ब बढिको कारोबार

काठमाडौं । मंगलबार नेप्से ९५.४६ अंकले बढेर २०६१.४१ को अंकमा बन्द भएको छ । मंगलबार सेयर बजारमा हरियाली अछाएको छ । मंगलबार दिनभरिमा २ सय ५ कम्पनीको १ करोड २७ लाख १७ हजार १ सय ४६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७४ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
मंगलबार सबैभन्दा धेरै नेपाल लाइफकोे ८६ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, एनआईसी एशिया र्बैंकको ४६ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
शिखर इन्स्योरेन्सका र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर १० प्रतिशतले बढेको छ भने नबिल बैंकको शेयर ९ दशमलव ९९ प्रतिशतले बढेको छ ।
मंगलबार शेयर बजार नयाँ रेकर्ड नजिक पुगेको हो । मंगलबार नेप्से सूचक ४.८६ प्रतिशतले बढेको हो । यसअघि नेप्से सूचकले २०७१ विन्दुको सबैभन्दा माथिल्लो रेकर्ड बनाएको थियो । नयाँ रेकर्ड चुम्न अब १० अंक मात्रै बाँकी रहेको छ ।
मंगलबार ११ वटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा कारोबार भएको छ । नविल बैंकले गत आर्थिक बर्षको कमाइबाट ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यता नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै ९.९२ प्रतिशतले घटेको छ भने युनाइटेड इदि मार्दि हाइड्रोको ९.९० प्रतिशत,सनराइज फस्ट म्युचुअल फण्डको ५.१९ प्रतिशत,श्री इन्भेष्टमेन्ट फाइनान्सको १.९८ प्रतिशत र माउन्टेन इनर्जीको १.८१ प्रतिशतले घटेको छ ।