२४ भदौ २०८३, बुधबार

सर्भरमा समस्या आउँदा रोकियो लाइसेन्सको आवेदन



काठमाडौ । गत पुष १० गतेदेखि खुलेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन स्थगित गरिएको छ । यातायात व्यवस्था विभागले सर्भरमा समस्या आएको भन्दै उक्त आवेदन रोकिएको सुचनामार्फत जानकारी गराएको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालका अनुसार सर्भरमा अत्याधिक चाप परी समस्या आएको र केही समयकालागि लाइसेन्सको आवेदन रोकिएको हो ।