इञ्जाको स्थापना अवसरमा सूदुरपश्चिमका दुई पत्रकार सम्मानित
काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जाको स्थापना दिवसको अवसरमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा पत्रकार र स्रष्टाहरुलाई सम्मान गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्मानित हुनेलाई पुरस्कार तथा सम्मान पत्र दिए ।
कार्यक्रममा १ हजार डलर राशीको इञ्जा स्रष्टा सम्मानबाट नेपाली भाषाको झरोवादी आन्दोलनका अगुवा चुणामणि रेग्मी चुमरे लाई प्रदान गरिएको थियो ।
त्यसैगरी इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार अछामकी पत्रकार मेनुका ढुंगाना र बाजुराका पत्रकार प्रकाश सिंहलाई संयुक्त रुपमा प्रदान गरिएको थियो । दुवैलाई जनही ५ सय डलर रुपैया प्रदान गरिएको छ ।
कार्यक्रममा पत्रकारिता क्षेत्रमा लामो समय कार्यरत पत्रकारहरु नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्ट, राष्ट्रिय सुचना अयोगका पुर्व आयुक्त किरण पोख्रेल, न्यूज एजेन्सी नेपालकी अध्यक्ष कृष्णा पौडेल, समाचार पत्र दैनिकका सम्पादक कपिल काफ्ले, नेपाल प्रेस काउन्सिलकी सदस्य संगीता खड्कालाई इञ्जा सम्मानबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा ब्लड क्यान्सरबाट पीडित पत्रकार कमल पौडेलको उपचार सहयोगार्थ उनकी पत्नी अम्बिका पौडेललाई १४ लाख ११ हजार २ सय ४४ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो ।

















