नविल बैंकसँग मर्जरको हल्ला चलेपछि बङ्गलादेश बैंकको शेयर मूल्य ९.९६ प्रतिशत बढ्यो

काठमाडौं । नविल बैंकसँगको मर्जरको हल्लाले नेपाल बङ्गलादेश बैंकको शेयर मूल्य बिहीवार ९.९६ प्रतिशतले बढेको छ ।
कम्पनी नबिल बैंकसँग मर्जर हुने चर्चा चलेपछि शेयर मूल्य प्रतिकित्ता रू.३४९ पुगेको हो ।
समाजिक सञ्जालमा नबिल बैंकसँग नेपाल बंगलादेश बैंक मर्जरर हुँदै भनेर हल्ला चलाएपछि सेय मूल्य बढेको हो । तर हालसम्ममा कुनै पनि मर्जर सम्बन्धी सूचना सर्वजनिक गरेको छैन ।