नेपाल टेलिकमको सर्वसम्मत संचालक बने सेयर लगानीकर्ता अम्बिका पौडेल

काठमाडौं । नेपाल दुरसंचार कम्पनी लिको सर्वसाधारणको तर्फबाट संचालकमा सेयर लगानीकर्ता अम्बिका पौडेल निर्वाचित भएकमा छन । नेपाल टेलिकमको बिहीबार भएको संचालक मनोनयनमा पौडेलको मात्रै उमेद्वारी परेको हो ।
बिहीबार २ बजेसम्मको लागी मनोनयन दर्ताको लागि समय तोकिएको थियो । सो समयमा पौडेलको मात्रै उमेद्वारी परेको हो । निर्वाचन प्रक्रियाअनुसार शुक्रबार मात्रै पौडेल निर्वाचित भएको घोषणा निर्वाचन समितिले गर्नेछ ।
सरकारको मुख्य लगानी भएको टेलिकममा सर्वसाधारणको ८ प्रतिसतमात्रै सेयर हिस्सा रहेको छ । पौडेल सर्वसाधारणबाट निर्वाचित भएका हुन । पौडेलबाहेक अध्यक्ष र अन्य संचालक सरकारलेनै नियुक्त गर्ने गरेको छ ।