मंगलबार नेप्सेमा ३ कम्पनीको सेयरमूल्य समायोजन, कुनको कति ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

मंगलबार नेप्सेमा ३ कम्पनीको सेयरमूल्य समायोजन, कुनको कति ?



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ३ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । शेयर मुल्य समायोजन हुनेमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको रहेको छ ।

शेयर मुल्य समायोजन भएको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस सेयर पछि नेप्सेले कम्पनिको शेयर प्रतिकित्ता एक हजार ७ सय २० रूपैयाँ कायम भएको छ । हिजो कम्पनिको शेयर अन्तिम कारोबार मूल्य एक हजार ९ सय ७८ रुपैयाँका आधारमा शेयर मुल्य समायोजन भएको हो ।

त्यस्तैगरी आजै शेयर मुलय समायोजन भएको महुली लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस सेयर पछि प्रतिकित्ता २ हजार एक सय ८८ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन भएको छ । कम्पनिको हिजो सोमबारको अन्तिम कारोबार मूल्य २ हजार ६ सय २५ रुपैयाँका आधारमा नेपसेले मूल्य समायोजन गरेको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता २०२ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । बैंको हिजोे सोमबारको अन्तिम कारोबार मूल्य २१२ रुपैयाँका आधारमा नेपसेले नयाँ मूल्य समायोजन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्